+
+

पिर्कामाथि उभिएर सलामी लिने गृहमन्त्री लामिछानेमाथि हिरोइनको कटाक्ष कविता

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १३:२०

काठमाडौं । सुरक्षा पन्त साहित्यमा रुचि राख्ने अभिनेत्री हुन् । उनी अहिले प्रसारण भइरहेको रियालिटी शो ‘द पोइट आइडल’की एक निर्णायक पनि हुन् । हिजोआज उनले आफ्ना धारणा कवितामार्फत राख्न थालेकी छन् ।

गत साता सुर्खेतको बाघको शालिक भाइरल बन्दा यसमा असहमति जनाउँदै सुरक्षाले कलाचेतमाथि प्रश्न गरेकी थिइन् ।

सुरक्षाको नयाँ कविता सामाजिक सञ्जालमा यतिबेला चर्चाको विषय बनेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पिर्कामाथि उभिएर सलामी ग्रहण गरेको तस्वीर सेयर गर्दै उनले व्यंग्य गर्दै कविता लेखेकी छन् । पिर्कालाई हिमालको विम्बको रुपमा प्रस्तुत गर्दै उनले सत्तामा पुगेपछि बदलिने शासकको चेतनामाथि व्यंग्य गरेकी छन् ।

पछिल्लो समय नेपाली राजनीतिमा पिर्का कसरी सत्ता लोलुपताको रुपक बनेको छ भनेर उनले कवितामार्फत भन्न खोजेको देखिन्छ । सुरक्षामात्र होइन, पिर्कामाथि सलामी लिएको गृहमन्त्री लामिछानेको तस्वीर सामाजिक सञ्जालका ग्रुपमा चर्चाको विषय बनेको छ ।

यस्तो छ सुरक्षाको कविता :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?