+
+

डेसच्याम्पले फ्रान्ससँग सम्झौता नवीकरण गरेपछि के गर्लान् जिदान ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १३:१५

२४ पुस, काठमाडौं । फ्रान्सेली फुटबल फेडेरेसनले राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक डिडिएर डेसच्याम्पसँगको सम्झौता चार वर्षका लागि विस्तार भएको घोषणा गरेसँगै जिनेदिन जिदानको भविष्य अनिश्चित बनेको छ ।

सन् २०२२ विश्वकप फाइनलमा फ्रान्सेली टिमको नेतृत्व गरेका यी प्रशिक्षक सन् २०२६ को विश्वकपसम्म पदमा रहने निश्चित भएको छ । हालै सम्पन्न विश्वकप फाइनलमा फ्रान्स टिम अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा पराजित भएको थियो ।

यसैबीच एल इक्युपले जिदानका लागि आवश्यक विकल्पहरु प्रस्तुत गरेको छ । विश्वकपअघि डेसच्याम्पले पद छाड्ने घोषणा गरेका थिए । रियल मड्रिडका पूर्व प्रशिक्षक जिदानलाई डेसच्याम्पको उपयुक्त उत्तराधिकारीका रुपमा हेरिएको थियो ।

गएको जुन महिनामा एक फ्रान्सेली अखबारसँगको अन्तर्वार्ताका क्रममा जिदानले राष्ट्रिय टिमको प्रशिक्षक बन्ने इच्छा ब्यक्त गरेका थिए ।

‘म निश्चित रुपमा फ्रान्सको प्रशिक्षक बन्न चाहन्छु । म आशा गर्छु कि एकदिन अवश्य बन्नेछु,’ जिदान भन्छन्, ‘कहिले बन्छु ? यो मेरो हातको कुरा होइन । म फ्रान्ससँग पूर्ण चक्र पूरा गर्न चाहन्छु । फ्रान्सको राष्ट्रिय टिम सबैभन्दा सुन्दर छ ।’

जिदानका विकल्पहरु

सन् २०२२ को विश्वकपपछि ब्राजिल, पोर्चुगल र अमेरिकाले प्रशिक्षक खोजिरहेका छन् । स्पेनिस अखबार एल इक्वीपको दावीअनुसार जिदानले ब्राजिललाई सम्मान गर्छन् तर, उनी अन्य देशको राष्ट्रिय प्रशिक्षक बन्न त्यति रुची राखिरहेका छैनन् । भाषाको समस्या पनि एक प्रमुख कारण हुनसक्छ ।

सन् २०२६ को विश्वकपअघि एक प्रतिभाशाली अमेरिकी टिम पनि यी फ्रान्सेली प्रशिक्षकको विकल्प हुन सक्छ । विश्वकप अमेरिकामै आयोजना हुँदैछ ।

पोर्चुगलले फर्नाण्डो सान्तोषको उत्तराधिकारीका रुपमा बेल्जियमका पूर्व प्रशिक्षक रोवर्टो मार्टिनेजलाई रोजिसकेको बताइन्छ । यद्यपी सर्वजनिक नियुक्ति भनेको भएको छैन ।

युभेन्टस सम्भावित रुपमा जिदानको अर्को विकल्प हुनसक्छ । तर, मासिमिलियानो एलेग्रीले आफ्नो टिमको लय फिर्ता ल्याउने सकारात्मक प्रयास गरिरहेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?