+
+

नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १७:३७
रञ्जिता श्रेष्ठ ।

२४ पुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रतिनिधि सभामा प्रतिपक्षी बेञ्चमा बस्ने भएको छ ।

प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिपक्षी बेञ्चमा बस्ने निर्णय लिइएको नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् ।

‘हामीले प्रतिपक्षी बेञ्चमा बस्ने भनेर संसद सचिवालयलाई जानकारी गराएका छौं’ उनले अनलाइनखबरसित भनिन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा आफ्नो पार्टीले निर्णय गर्न बाँकी रहेको उनले जानकारी दिइन् । विश्वासको मत दिएको खण्डमा नाउपा सत्तापक्ष हुन्छ र प्रधानमन्त्रीलाई विश्वासको मत नदिएको खण्डमा प्रतिपक्ष हुन्छ ।

‘प्रधानमन्त्रीलाई विश्वासको मत भोलि (सोमबार) नै दिने होइन । यसकारण भोलि प्रतिनिधि सभामा प्रतिपक्षीमा बस्ने जानकारी संसद सचिवालयलाई गराएका हौं’, श्रेष्ठले भनिन् ।

नाउपाले रेशम चौधरीको रिहाइलाई प्रमुख विषय बनाएको छ । यस विषयमा आउने प्रतिबद्धताले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय हुने नाउपाका नेताहरुले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?