
प्रज्ञाभवन परिसरमा रेशम चौधरी । प्रहरीले उनलाई त्यहीँबाट पक्राउ गरेको हो ।
१७ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।
आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । उनलाई त्यहीँबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्याएका हुन् । तर नियन्त्रणको कारण खुलेको छैन ।
टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार फैसला कार्यान्वयनका लागि लेखी आएकोले उनलाई पक्राउ गरिएको हो ।
एकताका लागि कमलादीस्थित प्रज्ञा भवनको हलमा कार्यक्रम आयोजना गरिएको छ । दुवै दलका नेता-कार्यकर्ता त्यहाँ उपस्थित भएका छन् । तर रेशम पक्राउपछि एकता घोषणा कार्यक्रम अन्यौलमा परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4