News Summary
Generated by OK AI. Editorially reviewed.- नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ र यसको चुनाव चिन्ह जाँतो छ।
- नागरिक उन्मुक्ति पार्टीले १३ कात्तिकमा दल दर्ताका लागि निवेदन दिएको थियो र आयोगले प्रमाणपत्र दिएको छ।
- निर्वाचन आयोगका अनुसार हाल कुल दर्ता दलको संख्या १२६ छ र नयाँ दर्ताका लागि २९ दलले निवेदन दिएका छन्।
२६ कात्तिक, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।
कवीर सोप अध्यक्ष रहेको र चुनाव चिह्न जाँतो रहेको पार्टीले १३ कात्तिकमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । आयोगले दर्ता गरेर दल दर्ताको प्रमाणपत्र दिएको हो ।

योसँगै जेनजी आन्दोलनपछि दर्ता हुने दलको संख्या पाँच पुगेको छ । यसअघि हर्क साम्पाङको श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी र सीके राउतको जनमतबाट विभाजन भएको जनस्वराज पार्टी दर्ता भइसकेका छन् ।
आयोगका अनुसार कुल दर्ता दलको संख्या १२६ छ । नयाँ दर्ताका लागि निवेदन दिने दलको संख्या २९ रहेको छ ।
हेर्नुहोस् थप तस्वीरहरू :


प्रतिक्रिया 4