News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपा नेपालले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गरेको छ।
- पार्टी महामन्त्री राजाराम बर्तौलाले निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि दल दर्ता गरिएको जानकारी दिए।
- केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो।
- सहायक महामन्त्री हिक्मतजङ्ग भण्डारी र सचिव कर्णबहादुर माझीले आयोगमा दल दर्ता गराएका हुन्।
९ मंसिर, काठमाडौं । राप्रपा नेपालले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गरेको छ ।
पार्टी महामन्त्री राजाराम बर्तौलाले प्रतिनिधिसभाको आगामी निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि मंगलबार आयोगमा दल दर्ता गरिएको जानकारी दिए ।
उनका अनुसार मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो ।
राप्रपाका सहायक महामन्त्री एवं केन्द्रीय सचिवालय सहप्रमुख हिक्मतजङ्ग भण्डारी र कार्यालय सचिव कर्णबहादुर माझी आयोग पुगेर दल दर्ता गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4