+
+

गण्डकीका माओवादी नेता भन्छन्– केन्द्रले निर्णय पठाएकै छैन, सरकारमा कसरी जाने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते ११:१२
हरिबहादुर चुमान, माओवादी केन्द्र संसदीय दलका नेता

२५ पुस, पोखरा । गण्डकी प्रदेश सरकारको नेतृत्व पाउनु पर्ने र आफू मुख्यमन्त्री हुने दाबी गर्दै आएका माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान केन्द्रको निर्णयप्रति सन्तुष्ट देखिएका छैनन् ।

सत्ता साझेदार दलबीच भएको प्रदेश भागबण्डामा गण्डकीको मुख्यमन्त्री पूरै कार्यकाल एमालेको भागमा परेको छ । माओवादीले सभामुख पाएको छ भने उपसभामुख पनि एमालेकै पोल्टामा परेको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गुरुङले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी गर्न दिएको आज अन्तिम दिन हो । मुख्यमन्त्रीको टुंगो नलागे पनि दलहरु सोमबार १० बजे नै बैठक बसेर दाबी पेश गर्न प्रदेश प्रमुखकोमा जाने आइतबारै तयारी गरेका थिए । तर, माओवादी नेता हरिबहादुर चुमान भने अझै पनि केन्द्रले कसरी सहभागी हुने निर्णय पठाइनसकेको बताउँछन् ।

‘केन्द्रले गण्डकी एमालेलाई प¥यो भनेर त मिडियाबाट मैले थाहा पाएँ । केन्द्रले अझै निर्णय पठाइसकेको छैन,’ चुमानले भने, ‘केन्द्रले निर्णय पठाएकै छैन, सरकारमा कसरी जाने ?’

केन्द्रले निर्णय गरेसँगै खगराज पूरै कार्यकाललाई मुख्यमन्त्री हुने तय भएको छ । अन्य प्रदेशमा आलोपालो हुँदा गण्डकीमा पनि हुनुपर्ने माग चुमानको छ । ‘आलोपालो त हुनुपर्ने हो, केन्द्रले के निर्णय, कसरी ग¥यो, अध्यक्षबाट कुनै निर्देशन पनि आइसकेको छैन,’ चुमानले भने, ‘केन्द्रबाट खबर आएपछि मात्र बैठकमा जान्छौं ।’

गण्डकीमा एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसदको समर्थनमा खगराज अधिकारी मुख्यमन्त्री बन्दैछन् । प्रदेश प्रमुखले आह्वान गरेको अन्तिम दिन दलहरु दाबी पेश गर्न जाने तयारीमा छन् । तर, माओवादीले भने बागबण्डा सन्तोषजनक नरहेको बताएको छ ।

सत्ता गठबन्धनबाहेक गण्डकीमा कांग्रेसका २७ र एकीकृत समाजवादीका १ सांसद छन् ।

१ बजेभित्रै दाबी पेश भयो भने आजै शपथ खुवाउने गरी तयारी भइरहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?