+
+

जसपा संसदीय दलको नेतामा लालबाबु र सरोजकुमारको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते ११:१९

२५ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिका संयोजक लालकिशोर साहका अनुसार राउत र यादवको उम्मेदवारी परेको हो ।

रामआशिष यादव पनि मुख्यमन्त्रीमा दावेदार थिए । उनले पूर्वसभामुख समेत रहेका सरोजकुमारलाई समर्थन गरेका छन् ।

जसपाका १६ प्रदेशसभा सदस्य छन् । जो संसदीय दलको नेता चुनिन्छ, उही मधेश प्रदेशको मुख्यमन्त्री बन्नेछन् ।

मधेश प्रदेश सरकारको नेतृत्व जसपा र जनमत पार्टीले आलोपालो गर्ने सहमति सत्ता साझेदार दलका शीर्ष नेताहरुमा भएको छ । यो सहमति अनुसार पहिलो चरणमा जसपाले सरकारको नेतृत्व गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?