+
+

अभिनेता दयाहाङ र भ्वाइस विजेता करण राईबीच सांगीतिक सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १८:००

काठमाडौं । टेलिभिजन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ का विजेता करण राई र अभिनेता दयाहाङ राईबीच सांगीतिक सहकार्य भएको छ । करणको आगामी गीत ‘चंगा’मा दयाहाङ फिचर्ड भएको र उक्त गीतको छायांकन यसै साता काठमाडौंमा भएको छ ।

भ्वाइसको विजेता बनेपछि करणको यो पहिलो सांगीतिक प्रस्तुति हुनेछ । ‘द काइट्स’ एल्बममा संग्रहित उक्त गीतलाई चाँडै सार्वजनिक गर्ने करणको तयारी छ ।

‘दया दाइसँग सहकार्य गर्ने मेरो पहिल्यैदेखिको धोको थियो । त्यो सपना पूरा भएको छ,’ करणले अनलाइनखबरसँग भने, ‘आज त्यो समय आएको छ । दर्शकमाझ यो कोसेली ल्याउन लाग्दा हर्षित छु ।’ उक्त गीतलाई ‘देश खोज्दै जाँदा’का फिल्मका निर्देशक प्रकाश आङ्देम्बेले लेखेका हुन् भने भिडियो निर्देशन चाहिं अनिल सुब्बाले गरेका छन् ।

यसै महिनाको सुरुवातमा भ्वाइसको विजेता बनेलगत्तै करणले एल्बम रिलिज गर्ने घोषणा गरेका थिए । उनले नेपाल र अमेरिकामा सांगीतिक अभियानलाई अघि बढाउने समेत बताएका थिए । केही महिना पहिले काइट्स एल्बमको विमोचनमा दयाहाङ र राजेशपायल राई पनि उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?