+
+

गण्डकीका मुख्यमन्त्री अधिकारीले २९ पुसमा विश्वासको मत लिने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १४:३८

२६ पुस, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले २९ पुसमा विश्वासको मत लिने भएका छन् । मंगलबार भएको छलफलबाट शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको बिना विभागीय मन्त्री पञ्चराम गुरुङले जानकारी दिए ।

‘आज बिहान गरेको छलफलबाट विश्वासको मत लिने भन्ने भएको छ । बाँकी छलफलमै छौं’, मन्त्री गुरुङले भने ।

नेकपा एमालेका खगराज अधिकारीले नेकपा एमाले, माओवादी, राप्रपा र राजीव गुरुङ ‘दीपक मनाङे’सहित ३३ जनाको समर्थनमा सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए । ६० सिट संख्या रहेको गण्डकी प्रदेशमा बहुमत पुर्‍याउन ३१ सिट चाहिन्छ ।

अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्दा एमालेका २२, माओवादीका ८ र राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का २ र एकीकृत समाजवादीका एक जना गरी ३३ सांसदको समर्थन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?