+
+

कुरा कम गरौं, काम धेरै गरेर देखाऔं : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १५:१६

२६ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको जड राजनीतिक इच्छाशक्तिको कमी भएको बताएका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिंदै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भ्रष्टाचार ठूलो समस्या बनिसकेको बताए ।

गफ ठूलो गर्ने, तर आफैं भ्रष्टाचारको संरक्षक, उत्प्रेरक हुने गरेको भन्दै उनले भने, ‘आफू संलग्न नहुने, भ्रष्टाचारको कारण खोजी गर्ने र संलग्न जोसुकै किन होस्, दण्डित गर्न सक्यौं भने अरु धेरै गर्न सकिन्छ ।’

उनले अघि भनेका छन्, ‘कुरा कम गरौं, काम धेरै गरेर देखाऔं । कुरा सुन्दासुन्दा हाम्रो कान थाकिसक्यो, हामी वाक्कदिक्क भइसक्यौं । हामीलाई गफाडीको राजा पनि भन्न सकिन्छ । त्यस्तो संस्कारलाई बोकेर अगाडि नबढौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?