+
+

नेपाल टी–२० लिगको उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १६:०४

२६ पुस, काठमाडौं । नेपाल क्रिकेट संघले पहिलोपल्ट आयोजना गरेको नेपाल टी–२० लिगको उपाधिका लागि लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंग्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

मंगलबार सम्पन्न दोस्रो क्वालिफायरमा जनकपुर राेयल्सलाई ३९ रनले पराजित गरी विराटनगरले लुम्बिनीसँगको भेट निश्चित गरेको हो । आइतबार सम्पन्न पहिलो क्वालिफायरमा जनकपुरलाई नै हराएर लुम्बिनीले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १६८ रनको लक्ष्य पछ्याएको जनकपुर इनिङ्सको पाँच बल अगावै १२८ रनमा समेटियो । जनकपुरका लागि चाड्विक वाल्टनले सर्वाधिक ५१ रन बनाए । उनले ४७ बलमा ६ चौका प्रहार गरे ।

ओपनर सराफउद्धिन असरफ ४ रनमा आउट भए पनि अर्का ओपनर तथा कप्तान ट्रेभोन ग्रिफिफ्तले २४ बलमा ३४ रन बनाए । खडक बोहोराले १४ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

बलिङतर्फ विराटनगरका कियोन जोसेपले सर्वाधिक ३ विकेट लिए । नन्दन यादव र राज नननले समान २–२ विकेट लिए । हुसेन तलात र सुर्य तामाङले १ –१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो ।

उसका लागि ओपनर गौरान्सु शर्माले ४१ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन जोडे । अर्का ओपनर अर्जुन साउदले २६ बलमा २ चौका र छक्कासहित ३५ रन बनाए ।

कप्तान रोहित पौडेल ४ बलमा १ रन बनाउँदै समिमुल्लाह सेनवारीको बलमा सराफउद्धिन असरफको हातबाट क्याच आउट भए । हुसेन तलात २१ बलमा ३१ रन बनाउँदै क्याच भए । राज ननन् १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रन बनाएर रनआउट भए ।

विवेक कुमार यादव ७ बलमा ६ रन बनाउँदै क्याच आउट भए । अमर रौतेला ६ र पृथु बास्कोटा २ रनमा अविजित रहे ।

बलिङमा जनकपुरका जितेन्द्र मुखियाले २ विकेट लिए । सराफउद्धिन असरफ, समिमुल्लाह सेनवारी र ललित राजवंशीले समान १–१ विकेट लिए ।

विराटनगर र लुम्बिनीबीचको फाइनल खेल बुधबार त्रिवि मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?