+
+

प्रचण्डलाई समर्थन गरेर राप्रपा पनि लोकतन्त्रकै बाटोमा आयो : कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १८:२६

२६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णयप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आलोचना गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले संसदमा असाधारण समर्थन पाएपछि अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत राप्रपाको निर्णयको आलोचना गरेका हुन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै सुशासन र समृद्धिको निम्ति सरकारलाई समर्थन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुभएको अनुरोध शिरोधार्य गरी सरकारलाई समर्थन गर्ने राप्रपाको निर्णय रमाइलो लाग्यो,’ उनले लेखेका छन्।

यो निर्णयसँगै राप्रपा पनि लोकतन्त्रको बाटोमा आएको थापाको टिप्पणी छ । राप्रपा नेपालका अध्यक्ष थापाले लेखेका छन्, ‘अन्ततः राजसंस्थालाई डिपफ्रिजमा थन्काएर उहाँहरु पनि लोकतन्त्रको बाटोमा आउनुभयो ।’

राजेन्द्र लिङ्देनसँग पार्टी अध्यक्षमा पराजित भएपछि थापाले राप्रपा नेपाल नामको छुट्टै पार्टी गठन गरेका छन् । नेकपा एमालेको समर्थनमा मकवानपुरबाट सूर्य चिन्ह लिएर चुनाव लडेका उनी गत प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?