+
+

ग्लोबल लेदरको रसायनयुक्त पानी सोझै सिर्सिया नदीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १८:२६

२६ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२२ स्थित ग्लोबल लेदर प्रालिले छाला पखाल्दा निस्केको रसायनयुक्त प्रदूषित पानी सोझै सिर्सिया नदीमा खसाएको पाइएको छ ।

सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले मंगलबार ग्लोबल लेदरसहित नदी क्षेत्रमा सञ्चालित तीन वटा उद्योगको स्थलगत निरीक्षण गरेको थियो । तीमध्ये ग्लोबल लेदरले भने प्रदूषित पानी नदीमा मिसाएको पाइएको वीरगञ्ज महानगरपालिकाको वातावरण निरीक्षक प्रदीप साहले बताए ।

‘छाला उद्योग स्थापना गर्दा पानी प्रशोधन केन्द्र निर्माण गर्नुपर्ने हो, त्यसो भएको रहेनछ । छाला उद्योगबाट निस्केको रसायनयुक्त दुर्गन्धित पानी सोझै नदीमा मिसाउने गरेको पाइयो’, उनले भने ।

ग्लोबल लेदरलाई तत्काल प्रशोधन केन्द्र बनाउन र फोहोर पानी नदीमा नफाल्न चेतावनी दिएको उनले बताए ।

छाला उद्योगमा छालालाई सड्नबाट जोगाउन नुन प्रयोग गरिन्छ, साबुन पानीले धोइन्छ, छाला फुलाउन चुनाको समेत प्रयोग गरिन्छ । छालामा हुने रौं र कालोपन हटाउन सलफ्युरिक एसिड हालिन्छ । छाला सफा गर्न प्रयोग गरिने सबै रसायन मानव स्वास्थ्यका लागि हानिकारक हुने जनस्वास्थ्यविदहरु बताउँछन् ।

मंगलबार नै अनुगमन गरिएका अन्नपूर्ण स्टिल उद्योग र फर्चुन स्टिल इम्पेक्सले भने फोहोर पानी सोझै नदीमा नखसालेको अनुगमन टोलीले जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाले २३ कात्तिकमा उपमेयर इम्तियाज आलमको संयोजकत्वमा स्थानीय प्रशासन, उद्योगी तथा सुरक्षाकर्मी सम्मिलित सिर्सिया नदी प्रदुषण नियन्त्रण समिति गठन गरेको थियो ।

समितिले हरेक साताको मंगलबार नदी क्षेत्र उद्योगहरुको स्थलगत अनुगमन गर्दै आएको छ । समितिले यसअघि अनुगमनका क्रममा नदी प्रदुषित गर्ने मरियम लेदर, मारुती पेपर र दुर्गा पल्प एण्ड पेपरलाई स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?