+
+

बारामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते ९:५३

२७ पुस, वीरगञ्ज । बारामा भएको सवारी दुर्घटनामा सडकमा हिँडिरहेकी एक महिलाको मृत्यु भएको छ ।

कोल्हवी नगरपालिका वगेवा टोल बस्ने अन्दाजी ५८ वर्षीया ज्ञान्त्री चौधरीको मृत्यु भएको हो ।

ज्ञान्त्रीको एल.एस. न्युरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाले जानकारी दिए ।

दुर्घटनामा ज्ञान्त्रीलाई ठक्कर दिने मोटरसाइकल चालक स्थानीय २६ वर्षीय कुन्दन चौधरी पनि घाइते छन् ।

उनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । तामागढी अस्पताल कोल्हवीमा उपचाररत उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार मंगलबार साँझ ७ः१० बजे तामागढी सिम्रौनगढ सडक खण्डमा कोल्हवीबाट बगेबातर्फ जाँदै गरेको बा.२९प ७०१८ को मोटरसाइकलले पैदलयात्री ज्ञान्त्री चौधरीलाई ठक्कर दिएको हो ।

उनको टाउको, दाहिने खुट्टा र शरीरकको विभिन्न भागमा चोट लागेको थियो । कोल्हवीमा सामान्य उपचारपछि थप उपचारका लागि ७ः५० बजे एल.एस न्युरो अस्पताल लगिएको थियो ।

अस्पतालले राति करिब सवा ९ बजे उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?