+
+

एनभीए राष्ट्रिय राष्ट्रिय भलिबलमा पुरुषतर्फ पुलिस समूह विजेता

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते २०:०४
न्युटन र ढोरपाटनबीचको खेल ।

२७ पुस, काठमाडौं । नेपाल पुलिस क्लब सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ समूह विजेता बनेको छ ।

समूह सीको पुलिसले आफूले खेलेको तीनै खेलमा विजयी बन्दै ९ अंकका साथ समूह विजेता बनेको हो ।

पुलिसले अन्तिम खेलमा गण्डकी प्रदेश माथि रोमाञ्चक प्रतिस्पर्धामा २५–२३, २५–२१, २४–२६ र २५–१५ को जित निकालेको हो ।

अब पुलिसले क्वाटरफाइनलमा समूह एको उपविजेता दावाँली मिलन केन्द्रसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह सी कै अर्को खेलमा ढोरपाटन स्पोर्टस् क्लबले नव प्रवेशी न्यूटन भलिबल एकेडेमीलाई ३–२ ले पराजित गर्दै अंक बाँड्न बाध्य भयो ।

निकैनै सनसनीपूर्ण खेलमा ढोरपाटनले न्यूटनलाई २५–२३, २५–२०, १८–२५, २२–२५ र १५–९ ले पराजित गर्दै अंक बाँडेको हो । एक खेल जित र एक खेल हारेको ढोरपाटनको २ अंक भएको छ भने न्यूटनको १ अंक छ ।

यस्तै गण्डकीको ३ अंक भएको छ । ग्रुप सी बाट दोश्रो भएर क्वाटरफाइनलको यात्रा गर्ने अर्को टोलीको छिनोफानो गण्डकी र ढोरपाटनबीचको खेलबाट टुङ्गो लाग्ने छ ।

समूह डीको खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब दुई खेलमा विजयी बन्दै ६ अंकका साथ क्वाटरफाइनल प्रवेश गर्न सफल भएको छ । पहिलो खेलमा बूढानीलकण्ठ स्पोर्टस् क्लबलाई पराजित गरेको हेल्प नेपालले बागमती प्रदेशको केशवलाल स्मृती भलिबल क्लबलाई २५–१८, २५–१८ र २५–१३ ले पराजित गर्दै ६ अंकका साथ क्वाटरफाइनल प्रवेश गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिलातर्फको खेलमा समूह बीबाट त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न खेलमा सेनाले गण्डकी प्रदेशलाई २५–११, २५–१० र २५–१५ ले पराजित गर्दै ६ अंकका साथ सेमिफाइनल यात्रा तय गरेको हो । यस अगी सेनाले कृष्ण सेकेन्डरी एकेडेमीलाई पराजित गरेको थियो ।

महिलातर्फको अर्को खेलमा एभरेष्ट भलिबल क्लबले नयाँबजार सामाजिक युथ क्लबलाई २५–१२, २५–१२ र २५–१४ ले पराजित गर्दै ३ अंक जोड्न सफल भयो । समूह ए मा रहेको एभरेष्ट च्याम्पियनसिपबाट बाहिरिएता पनि क्लब लिगमा भने छनोट हुन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?