+
+

अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते ७:२३

२८ पुस, काठमाडौं । अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट भएको छ ।

बम विस्फोटमा परी २० जनाको मृत्यु भएको तालिबान अधिकारीले बताएका छन् । तर प्रहरीले भने पाँच जनाको मृत्यु भएको जनाएको छ । आक्रमणमा ४० जनाभन्दा बढी घाइते भएका छन् ।

टर्की, चीन लगायतका धेरै देशका दूतावास भएको क्षेत्रमा विस्फोट भएको हो । बम बोकेका व्यक्ति अफगानिस्तानको विदेश मन्त्रालयभित्रै घुस्न खोजेको तर असफल भएपछि बाहिरै बम विस्फोट गराएको तालिबान सरकारले जनाएको छ ।

चिनियाँ अधिकारीहरुले अफगानिस्तानका अधिकारीहरुसँग विदेश मन्त्रालयभित्र छलफलको तयारी गरिरहेको बेला बम विस्फोट भएको थियो । काबुल सरकारले यो आक्रमणलाई कायरताको संज्ञा दिएको छ र त्यसको बदला लिने चेतावनी दिएको छ ।

आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको छ । तालिबान विद्रोही अफगानिस्तानको सत्तामा फर्किएपछि ठूला आक्रमणका घटना हुँदै आएका छन् । अफगानिस्तानमा भएका धेरैजसो ठूला आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिंदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?