+
+

सुदूरपश्चिममा सभामुखको निर्वाचन अनिश्चित, सर्वदलीय बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १३:४०

२८ पुस, धनगढी । सुदूरपश्चिममा सभामुख चयनका लागि बिहीबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभाको बैठक अझै बस्न सकेको छैन ।

प्रदेशसभा भवनमा बिहान ११ बजेदेखि सर्वदलीय बैठक जारी छ । सर्वदलीय बैठकमा लम्बिएका कारण अहिलेसम्म प्रदेशसभाको बैठक बस्न नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशसभाको सभामुखको लागि सत्तारुढ गठबन्धनबाट माओवादीका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले मनोनयन दर्ता गराएका छन् ।

भण्डारीलाई सत्तारुढ गठबन्धनका एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक गरी २९ जना प्रदेशसभा सदस्यको समर्थन छ भने रावललाई कांग्रेसका १९ जनाको समर्थन छ ।

नेकपा एकीकृत समाजवादी पार्टीले पनि रावललाई मत दिने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?