+
+

नेपाल आउने हवाई यात्रुको साथमा कोरोना खोप प्रमाणपत्र अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १७:२५
फाइल तस्वीर

२८ पुस, काठमाडौं । हवाई मार्गबाट नेपाल आउने सबै यात्रुले क्यूआर कोडसहितको कोभिड–१९ खोपको प्रमाणपत्र बोक्नु पर्ने भएको छ । यस्तो प्रमाणपत्र नहुने यात्रुले ७२ घण्टा भित्रको आरटी–पीसीआर नेगेटिभ परीक्षण रिर्पोट पेश गर्नु पर्ने प्रावधान छ ।

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने दुई वायुसेवा कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले सूचना निकाल्दै यसबारे यात्रुलाई सूचित गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अनिवार्य गरेको यो प्रावधानविना नै विमानस्थल आउने र अलपत्र पर्ने अवस्था आएसँगै वायुसेवा कम्पनीहरुले नेपाल सरकारले तोकेको यो प्रावधानलाई लापरवाही नगर पालना गर्न समेत अनुरोध गरेका छन् ।

पछिल्लो समय चीनले आफ्ना नागरिकलाई भ्रमण खुला गरेको छ । त्यससँगै विभिन्न मुलुकले यात्रुको आवतजावतमा कडाइ गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?