+
+

लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको चुनाव ३ गते हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते २१:११

२८ पुस, काठमाडौं । लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयनका लागि माघ ३ गते चुनाव हुने भएको छ ।

लुम्बिनी प्रदेश सभा सचिवालयलले माघ ३ गते मतदान गर्ने गरी सभामुख र उपसभामुखको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ ।

सचिवालयका अनुसार माघ २ गते दिउँसो १ बजेदेखि ५ बजेसम्म सभामुख र उपसभामुखको उम्मेदवारी मनोनयन गरिने छ भने त्यही दिन साढे ५ बजे उम्मेदवारको सूची सार्वजनिक गरिने छ ।

सभामुख चयनका लागि भने ३ गते दिउँसो १ बजे प्रदेश सभा बैठक बस्ने सचिवालयले जनाएको छ ।

सत्तारुढ दलहरुबीच लुम्बिनी प्रदेशको सभामुख नेकपा माओवादी केन्द्रले र उपसभामुख राप्रपाले लिने सहमति छ ।

सत्तारुढ दलहरुबीचको सहमति अनुसार लुम्बिनीमा नेकपा एमालेका लिला गिरी मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?