+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

लुम्बिनीमा मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउँछौं : सभामुख घर्ती

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते १४:३९

१५ फागुन, पाल्पा । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले मगर भाषालाई सरकारी कामकाजी भाषा बनाउन प्रतिबद्धता जनाएका छन् ।

४३औं राष्ट्रिय मगर संघ स्थापना दिवसको शुभकामना सन्देश जारी गर्दै सभामुख घर्तीमगरले सरकारी कामकाजीको भाषाको रुपमा मगर भाषालाई समेट्न आफू लागि परेको बताएका हुन् ।

‘लुम्बिनी प्रदेशसभा विभिन्न जात–जाति, भाषा–भाषि, धर्म, संस्कृति, लिङ्ग, वर्ग, क्षेत्रको अधिकार स्थापित गर्ने सवालमा नीति तथा कानुन निर्माणमा प्रतिवद्ध छ’, शुभकामना सन्देशमा उल्लेख छ, ‘मगर समुदायको भाषा, संस्कृति मौलिक पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्दै संवैधानिक अधिकारलाई स्थापित गर्न लुम्बिनी प्रदेश सभा प्रतिबद्ध छ र प्रतिबद्ध भई निरन्तर लागिरहने विश्वास पनि दिलाउन चाहन्छु ।’

उनले आदिवासी जनजातिमा सूचीकृत मगर समुदाय जनसंख्याको कोणबाट नेपालको सबैभन्दा ठूलो समुदाय रहेको बताउँदै सबै प्रकारका आन्दोलनमा र परिवर्तनमा योगदान गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?