News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला अदालत काठमाडौंले अख्तियार प्रमुख लगायतलाई धम्क्याउने प्रकाश पाठकलाई थुनामा पठाउन आदेश दिएको छ।
- प्रकाश पाठकमाथि आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुण्डी, विद्युतीय कारोबारसम्बन्धी कसुर गरेको आरोप छ।
- पाठकलाई फिलिपिन्सबाट इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा पक्राउ गरी काठमाडौं ल्याइएको थियो।
१ जेठ, काठमाडौं । जिल्ला अदालत काठमाडौं अख्तियार प्रमुख लगायतलाई धम्क्याउने प्रकाश पाठकलाई थुनामा पठाउन आदेश दिएको छ ।
न्यायाधीश सुदर्शन लामिछानेको इजलासले उनीमाथिको आरोप, त्यसविरुद्धको प्रमाण एवं विषयवस्तुको गम्भीरता हेर्दा उनलाई थुनामा पठाउनपर्ने भन्दै यस्तो आदेश गरेका हुन् ।
उनीमाथि आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुण्डी, विद्युतीय कारोबारसम्बन्धी कसुर गरेको आरोप थियो ।
उनलाई प्रहरीले फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई काठमाडौं ल्याएको थियो ।
इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा पाठकलाई फिलिपिन्सबाट ल्याइएको थियो ।
उनीसहित नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्ध पनि प्रहरीले मुद्दा दर्ता गराएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० उच्च पदस्थ व्यक्तिलाई पाठकले धम्की दिएका थिए ।
प्रतिक्रिया 4