News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले फिल्म 'लालीबजार' को मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
- न्यायाधीश महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उच्च अदालत पाटनको अघिल्लो आदेश सदर गरेको छ।
- फिल्म प्रदर्शन रोक्न माग गर्दै रोशनी नेपालीले मुद्दा हालेकी थिइन्, तर अदालतले कानुनी बाटो खुला गरेको छ।
काठमाडौं । सर्वोच्च अदालतले फिल्म ‘लालीबजार’ को मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्धय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उच्च अदालत पाटनको अघिल्लो आदेशलाई नै सदर गरेको छ ।
फिल्मको प्रदर्शन रोक्न माग गर्दै रोशनी नेपालीले सर्वोच्चमा मुद्दा हालेकी थिइन् । शुक्रबार भएको सुनुवाइ भएपछि अदालतले अन्तिम फैसला सुनाउँदै कानून बमोजिम गर्नु र ध्यानाकर्षण गरिएको भनेर फैसला दिएको अदालतको वेबसाइटमा उल्लेख छ ।
निवेदकको माग बमोजिम आदेश दिन अस्वीकार भएसँगै फिल्म ‘लालीबजार’ लाई प्रदर्शनको लागि कानुनी बाटो खुला भएको छ । गतसाता उच्च अदालत पाटनले फिल्मको पक्षमा फैसला गरेसँगै देशब्यापी प्रदर्शनमा आएको थियो ।
फिल्मका निर्माता म्याक्स दिपेश खत्रीले निवेदकको माग बमोजिम सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4