News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको वार्ता 'अत्यन्त सफल, विश्वव्यापी रूपमा अविस्मरणीय' भएको बताएका छन्।
- सी जिनपिङले ट्रम्पको भ्रमणलाई 'ऐतिहासिक र कोसेढुङ्गा' भनेका छन् तर कुनै ठूलो व्यापारिक सम्झौता भएको छैन।
- दुवै नेताबीच व्यापार, तेल आपूर्ति, इरान र ताइवान विषयमा छलफल भएको र चीनले इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता जनाएको ट्रम्पले दाबी गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आफ्नो वार्तालाई ‘अत्यन्त सफल, विश्वव्यापी रूपमा अविस्मरणीय’ भएको बताएका छन् ।
बेइजिङको दुई दिने भ्रमण पूरा गरी ट्रम्प वासिङ्टन फर्किएका छन् ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सी जिनपिङले भ्रमणलाई ‘ऐतिहासिक र कोसेढुङ्गा’ भनेर चित्रण गरेका छन् ।
यद्यपि, दुई देश बीच कुनै ठूलो व्यापारिक सम्झौता वा नयाँ सम्झौताको घोषणा भने गरिएको छैन ।
ट्रम्प बेइजिङबाट एयर फोर्स वन विमानमार्फत वासिङ्टन उडेका छन् । बाटोमा उनले सञ्चारकर्मी सँग कुरा गर्न सक्ने विश्वास गरिएको छ, जसबाट बैठकमा भइका थप विवरणहरू बाहिर आउन सक्छन् ।
भेटका क्रममा दुई नेताहरूबीच व्यापार, तेल आपूर्ति, इरान र ताइवान जस्ता मुद्दाहरूमा छलफल भएको बताइएको छ ।
यसअघि ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा सी जिनपिङले इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता जनाएको दाबी गरेका थिए ।
ट्रम्पका अनुसार चीनले हर्मुजको जलडमरू फेरि खोल्न चाहेको छ । बेइजिङले संयुक्त राज्य अमेरिकासँग तेल किन्न पनि सहमति जनाएको ट्रम्पको दाबी छ ।
यद्यपि, अहिलेसम्म दुवै पक्षले वार्ताको ठोस नतिजा वा कुनै औपचारिक सम्झौता बारेमा सीमित जानकारी मात्र साझा गरेका छन् ।
प्रतिक्रिया 4