+
+
Shares

ठेक्काको मूल्य समायोजन र म्याद थप माग्दै कोशीका निर्माण व्यवसायीको धर्ना

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशका निर्माण व्यवसायीहरूले पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्यवृद्धि कारण ठेक्काको मूल्य समायोजन वा म्याद थप गर्न आर्थिक मामिला तथा योजना मन्त्रालय अगाडि धर्ना दिएका छन्।
  • निर्माण व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष जनसेवक भण्डारीले सरकारले राहत वा म्याद थप नगरे निर्माण उद्योग धराशायी हुने खतरा रहेको बताएका छन्।
  • पेट्रोलियम पदार्थको मूल्य ५० प्रतिशत र सिमेन्ट, डण्डी, गिट्टी बालुवाको मूल्य २० प्रतिशतसम्म बढेको र केही सामग्रीको अभाव रहेको निर्माण व्यवसायीहरूले जनाएका छन्।

१ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थ तथा अन्य निर्माण सामग्रीहरूको चर्को मुल्यवृद्धि भएका कारण ठेक्काको मूल्य समायोजन वा ठेक्काको म्याद थप गरिदिन माग गर्दै कोशी प्रदेशका निर्माण व्यवसायीहरूले आर्थिक मामिला तथा योजना मन्त्रालय अगाडि धर्ना दिएका छन् ।

धर्ना पछि निर्माण व्यवसायीहरूले मुख्यमन्त्री हिक्मत कुमार कार्की र आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपलाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र बुझाएपछि सञ्चारकर्मीहरू संग कुरा गर्दै निर्माण व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष जनसेवक भण्डारीले सरकारले तत्काल राहत वा म्याद थपको निर्र्णाय नगरे निर्माण उद्योग धराशायी हुने जानकारी दिए ।

उनले संघीय, प्रदेश र स्थानीय सरकारले म्याद थप नगरे निर्माण कार्य बन्द गर्नुको विकल्प नभएको बताए ।

विगत एक महिना यता पेट्रोलियम पदार्थको मुल्य ५० प्रतिशत वृद्धि भएको र अन्य निर्माण सामग्रीहरू सिमेण्ट, डण्डी र गिट्टी बालुवाको मूल्य २० प्रतिशत सम्म बढेको मात्र होइन कति निर्माण सामग्रीको अभाव समेत रहेको निर्माण व्यवसायीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?