+
+

झापामा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २९ गते ९:२८

२९ पुस, झापा । झापाको गौरादह नगरपालिका वडा नम्बर १ मा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको मे १ ख २६७६ नम्बरको बसले ठक्कर दिंदा स्थानीय ७२ वर्षीया तुलसा दाहालको मृत्यु भएको हो ।

पैदल हिँडिरहेकी दाहाललाई बिहीबार दिउँसो तीन बजेतिर स्कुल बसले ठक्कर दिएको थियो । उनको, बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा बिहीबार राति सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले बस र सो बसका चालक गौरादह नगरपालिका–२ का ३७ वर्षीय अमरलाल ताजपुरियालाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?