+
+

६ वर्षपछि आर्यन सिग्देल र दिनेश राउतबीच सहकार्यको चर्चा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३० गते २०:०४

काठमाडौं । फिल्म निर्देशक दिनेश राउत र अभिनेता आर्यन सिग्देल अनस्क्रिनसँगै अफस्क्रिनमा पनि मिल्ने साथी हुन् । यी दुईले पछिल्लोपटक सन् २०१६ को फिल्म ‘क्लासिक’मा सहकार्य गरेका थिए । त्यसयता यी दुईको सहकार्य फिल्ममा देखिएन ।

तर, शनिबारको धुलिखेल घुमघामले यी दुईबीच सहकार्यको बाटो खुलाएको छ । हिमालय दृश्य रिसोर्टमा आर्यन र दिनेशबीच आगामी फिल्ममा सहकार्यबारे छलफल चलेको छ । फिल्म प्राविधिक सुरज आचार्य पनि उनीहरुसँगै थिए ।

‘आगामी प्रोजेक्टबारे छलफल भयो । एउटै क्षेत्रमा भएकाले सहकार्यको सम्भावना त सँधैभरिलाई हुन्छ’ निर्देशक राउतले अनलाइनखबरसँग भने, ‘विस्तृत कुरा केही दिनमा सार्वजनिक हुन्छ ।’ राउत निर्देशित सोसल ड्रामा फिल्म ‘प्रकाश’ यसैवर्ष रिलिज भएको थियो । सिग्देलको फिल्म ‘डिसेम्बर फल्स’ केही साताअघि रिलिज भएपनि यसले बक्स अफिसमा व्यवसायिक सफलता प्राप्त गर्न सकेन ।

आर्यन र दिनेशको पछिल्लो फिल्म ‘क्लासिक’ले बक्सअफिसमा सुखद कमाइ गर्न सफल रह्यो । लभस्टोरी फिल्मका चर्चित निर्देशक र अभिनेताबीचको सम्भावित सहकार्यले फ्यानलाई पनि उत्साहित तुल्याएको छ । आर्यनले दिनेशसँगका तस्वीर सामाजिक संजालमा सेयर गर्दै अर्थपूर्ण सन्देश दिन खोजेका छन् । उनी लेख्छन्, ‘भाग्यलाई खराब र मान्छेलाई कमजोर कहिल्यै नसम्झिनु, यी दुई चिज बद्लिन समय लाग्दैन ।’

आर्यनको यो स्टाटस उनकै समय र सन्दर्भमा निकै अर्थपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?