+
+

विमान दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त, प्रभावकारी उद्धारका लागि निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १२:१७

१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले प्रभावकारी उद्धारका लागि निर्देशन समेत दिएका छन् ।

‘दुर्घटनाप्रति प्रचण्डले दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको छ’ प्रचण्डको सचिवालयले भनेको छ ।

दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थल प्रस्थान गरेका छन् । साथै, प्रधानमन्त्रीले दिउँसो साढे १ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?