+
+
त्रिभुवन विमानस्थलमा आक्रोश :

‘३ घण्टा भइसक्यो, हाम्रो आफन्तको स्थिति भनिदिनुहोस्’

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १३:३७

१ माघ, काठमाडौं । आफन्त चढेको विमान दुर्घटना भएको खबर थाहा पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका आफन्तहरु आक्रोशित भएका छन् ।

आफन्तकोस्थिति बुझ्न पोखरा जान चाहे पनि पोखरा जाने व्यवस्था नभएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन् ।

उनीहरु यति एयर र विमानस्थल कार्यालयप्रति आक्रोशित भएका छन् ।

पोखरामा यति एयरको विमान दुर्घटनामा परेपछि पोखराको उडान रोकिएको छ ।

दुर्घटनामा परेको विमानमा रहेका एक यात्रीका आफन्तले भने, ‘हाम्रो आफन्त दुर्घटनामा परेको छ, अहिलेसम्म खोज खबर केही छैन, कम्तीमा मलाई पोखरा पुर्‍याइदिए पनि त म केही गर्थे ।’

अर्का यात्रीका आफन्तले यति एयरका कर्मचारीसँग प्रश्न गरे, ‘३ घन्टा भइसक्यो, हाम्रो आफन्तको स्थिति के छ ? त्यो त भनिदिनुहोस् ।’

यति एयरका कर्मचारीसँग यात्रीका आफन्त । तस्वीर : शंकर गिरी/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?