+
+

पोखरामा विमान दुर्घटनापछि देशभरको उडान प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १३:५०
फाइल तस्वीर

१ माघ, काठमाडौं । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि काठमाडौंबाट देशभरको उडान प्रभावित बनेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनापछि पोखरा विमानस्थलसहित देशभरका सबै उडान स्थगित गरिएको जानकारी दिए । अन्य गन्तब्यमा जाने विमानहरु पनि ढिला गरी उडिरहेका छन् ।

आइतबार बिहान दुर्घटनामा परेको जहाजमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?