 
																			१ माघ, पोखरा । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनमा दुई जना स्थानीय पनि घाइते भएका छन् । माछा मार्न सेती खोंचमा गएका दुई जना स्थानीय घाइते भएका हुन् ।
माछा मार्दै गरेको समयमा जहाज सेती खोंचमा खस्न पुग्दा उनीहरु घाइते भएका थिए । उनीहरुलाई घटनास्थलबाट उद्धार गरेर अस्पताल पठाइएको छ ।
६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आइतबार बिहान सेती दोभानमा दुर्घटनाग्रस्त भएको थियो ।

घाइते कुमार आलेकाअनुसार उनी र अर्का एक जना साथी बिहान १० बजे माछा मार्न सेती खोंचमा गएका थिए । ‘जहाज खस्दा ढुंगा झर्यो । मलाई ढुंगाले लाग्यो । म ओढारमा छिरें । त्यसपछि जहाज खोलामा बजारियो। । ठूलो आवाज आएको थियो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4