+
+
Shares

दुर्घटनाग्रस्त विमानमा ट्रमा सेन्टरका डा. सुशील श्रेष्ठ दम्पती पनि सवार

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १४:०६

१ माघ, काठमाडौं । पोखरामा आज दुर्घटनाग्रस्त यती एयरलायन्सको विमानमा दुई जना चिकित्सक पनि सवार रहेको पाइएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३३ वर्षीय डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारक रहेको ट्रमा सेन्टरमा पूर्वनिर्देशक डा. सन्तोष पौडेलले पुष्टि गरे ।

उनीहरुसँगै १० महिनाको बच्चा पनि रहेको पौडेलले बताए । उनले डाक्टर श्रेष्ठको परिवारसहित गण्डकी अस्पतालमा बसिरहेको बताए । डा. श्रेष्ठ पोखरा निवासी हुन् ।

‘मैले पनि उहाँहरु सोही जहाजबाट पोखरा आउँदै गरेको जानकारी पाएको थिएँ । उहाँको बुबासहित परिवारका सदस्य अहिले गण्डकी अस्पतालमा हुनुहुन्छ’, डा. पौडेलले भने, ‘उद्धारकार्य जारी रहेकाले थप केही भन्न सकिने अवस्था छैन ।’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा समेत काम गरेका थिए । उनले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् ।

ट्रमा सेन्टरका निर्देशक रुद्र मरासिनीले डा. श्रेष्ठले घर जान विदा लिएको बताए । डा. श्रेष्ठ दुई वर्षदेखि ट्रमा सेन्टरमा कार्यरत थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?