+
+

१५ वर्षदेखि उडान भरिरहेको थियो दुर्घटनामा परेको विमान

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १९:१५

१ माघ, काठमाडौं । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९ एन-एनएसी विमान सन् २००७ मा बनेको खुलेको छ । फ्रान्सेली-इटालियन कन्सोर्टियम विमानले १५ वर्षदेखि उडान भरिरहेको हो ।

यो विमानले पहिलोपटक १ अगस्ट २००७ मा पहिलो उडान भरेको थियो । ७५४ सिरियल नम्बरको एटीआर ७२-५०० विमान १७ अगस्ट २००७ मा कम्पनीले भारतीय किंगफियर एयरलाइन्सलाई डेलिभर गरेको थियो ।

किंगफिसरले भीटी-केएजे कलसाइनमा यो विमान ३० मार्च २०१३ सम्म उडायो । अप्रिल २०१३ देखि यो विमान थाइल्यान्डको नोक एयरले किन्यो । एनओकेले एचएस-डीआरडी कलसाइनमा उडाएको यो विमान २० अप्रिल २०१९ मा यती एयरलाइन्सले किनेको थियो ।

यो विमानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डोमो उडान पनि भरेको थियो । नेपालमा सामान्य अवस्थामा उडिरहेको विमान आइतबार पोखरामा अवतरणको क्रममा दुर्घटनामा परेको छ ।

(यसअघि सन् २००७मा हुनुपनर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ  ।-सं)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?