+
+

माओवादीले टुंग्यायो मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १०:५५

३ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ ।

माओवादी पाएको चार मन्त्रालय र एक राज्यमन्त्री लिने सहमति सत्ता साझेदार दलहरुका बीचमा भएको थियो । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ यसअघि नै भौतिक पूर्वाधार मन्त्री भइसकेका छन् ।

माओवादीबाट रेखा शर्मा सञ्चारमन्त्री बन्ने भएकी छन् । सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् ।

माओवादीको भागमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालय छ । तर, कुन मन्त्रालय नतोकी अमनलाल मोदीलाई शपथका लागि राष्ट्रपति भवन सितल निवास बोलाइएको छ ।

राज्यमन्त्रीमा कसलाई पठाउने भन्ने टुंगो लागेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?