+
+

पोखराको कन्सर्ट रद्द गर्दै मेलिना राईले भनिन्- मेरो भित्री आत्माले त्यहाँ कार्यक्रम गर्न दिएन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते ११:५८
गायिका मेलिना राई । फाइल तस्वीर

काठमाडौं । ७२ जनाको ज्यान जाने गरी भएको यती एयरको विमान दुर्घटनापछि कलाकारहरुले पोखरामा र आसपासका क्षेत्रमा मनोरञ्जनसम्बन्धी कार्यक्रम तत्काललाई स्थगित गर्न थालेका छन् । जिल्ला-जिल्लामा महोत्सव र मेलापर्वको सिजन भए पनि कलाकारले तत्काल कार्यक्रममा जान अरुचि देखाएका हुन् ।

गायिका मेलिना राईले पोखरा महोत्सवअन्तर्गत बिहीबार हुने कार्यक्रमलाई स्थगित गरेको जनाएकी छन् । आफ्नो प्रतिष्ठा र भित्री आत्माले पोखरा पुगेर कार्यक्रम गर्न नदिएको उल्लेख गर्दै मेलिनाले पोखरा महोत्सवमा आफ्नो उपस्थितिलाई स्थगित गरेको बताएकी छन् ।

उनी लेख्छिन्, ‘आज राति पोखरा महोत्सवमा मेरो उपस्थिति रद्द भएको घोषणा गर्दा म साँच्चै दुःखी छु । पोखरामा दुःखद् घटना घटेपछि मलाई त्यो कार्यक्रम गर्न साँच्चै गाह्रो छ । मेरो प्रतिष्ठा र भित्री आत्माले मलाई त्यसो गर्न दिएन । त्यसैले मैले कार्यक्रम छोड्नुपर्‍यो । म तपाईंहरु सबैप्रति माफी माग्न चाहन्छु । मैले कार्यक्रम रद्द गरेकी हुँ, आयोजकले होइन । मैले गरेको निर्णयको लागि आयोजक टोलीसँग माफी माग्न चाहन्छु । प्रिय पोखरा म अर्को पटक भेट्नेछु ।’

विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्याल र गिटारिस्ट निशान्त आचार्यको निधन भएको छ । नीराले सांगीतिक प्रस्तुति दिने छन्त्याल समाजको कार्यक्रम विमान दुर्घटनापछि रोकिएको छ । पोखराबाट सांगीतिक करिअर थालेका गायक तथा संगीतकार योगेशकाजीले पनि भावनात्मक कारणले कलाकारले तत्काल मनोरञ्जनात्मक कार्यक्रम गर्न असहज भएको बताए ।

कलाकारले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् भने थोत्रा जहाजलाई उडानमा रोक्न पनि सामाजिक सञ्जालमार्फत आग्रह गरिरहेका छन् । चलचित्र निर्माता संघले त सुरक्षित उडानको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?