+
+

राजेन्द्र लिङ्देन बने उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १३:००

३ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री नियुक्त भएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यससँगै प्रचण्ड सरकारमा चार उपप्रधानमन्त्री भएका छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थ, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् ।

उनीहरुले ११ पुसमै शपथ लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?