+
+

ठगी आरोपमा सहकारी संस्थाका अध्यक्ष पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १७:५२

३ माघ, काठमाडौं । ठगी आरोपमा प्रहरीले धनुषाको न्यू सुनवर्षी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुवनारायण यादवलाई पक्राउ गरेको छ ।

उनीविरुद्ध कुभोलिया देवी यादवको जाहेरीले ठगी मुद्दामा उजुरी दिएकी थिइन् । यादवविरुद्ध जिल्ला अदालत धनुषाले पुस २९ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

यादवलाई जनकपुर उपमहानगरपालिका–२ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । यादवलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?