+
+

बैंक ठूलो हुँदैमा समाजवाद उन्मुख अर्थतन्त्रमा मद्दत पुग्दैन : पूर्वगभर्नर क्षेत्री

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १४:२१

४ माघ, काठमाडौं । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बैंक तथा वित्तीय संस्थाहरु बिग मर्जरमा हुँदा समाजवाद उन्मुख अर्थतन्त्रमा मद्दत नपुग्ने बताएका छन् । थोरै बैंक धेरै सेवासुविधा पाउनुपर्ने भएकाले समाजवाद उन्मुख अर्थतन्त्रमा बिग मर्जरले मद्दत नगर्ने उनले बताए ।

बैंकहरु एकआपसमा मर्जर हुँदा वित्तीय मध्यस्तता लागत कम हुने भएकोले वित्तीय सेवा पाउनेले त्यही अनुसारको लाभ पाउनुपर्ने उनले बताए । पूर्वगभर्नर क्षेत्रीले मर्जर भएका बैंकहरुले उद्धार किसिमका नीतिहरु ल्याउन सक्नुपर्ने पूर्वगभर्नर क्षेत्रीको तर्क छ ।

‘मर्जर भएर बैंकहरु ठूलो हुँदा उनीहरुको स्ट्रन्थ पनि बढ्यो । पूँजी बढ्यो स्रोत बढ्यो भने जोखिम बहन गर्ने क्षमता पनि बढेर गयो,’ पूर्वगभर्नर क्षेत्री भन्छन्, ‘बैंक ठूलो भएपछि उनीहरुले दिने सेवाको लागत कम हुन्छ । बैंकको लागत घट्दै जाँदा मध्यस्तताको लागत घट्दै जाँदा त्यसको लाभा उपभोक्ताहरुले पाउन सक्छन् ।’

पूर्वगभर्नर क्षेत्री सरकारले कृषिलाई प्राथमिकता दिएको अवस्थामा बैंकहरुले कृषिका लागि छुट्टै नीति ल्याएमा सरकारले भनेको जस्तै समाजवाद उन्मुख अर्थतन्त्र हुनसक्ने बताउँछन् । तर अहिलेकै अवस्थामा बैंकहरुले नाफाका लागि मात्रै हेर्ने समाजवाद उन्मुख अर्थतन्त्र हुन नसक्ने उनको तर्क छ ।

बैंकहरुले जति बलियो भएपनि नियमाकम निकायको निर्देशन बाहिर जान नसक्ने उनले बताए । ‘बैंकहरु बलियो नियामक निकायको कानुनी हैसियत माथि भएकाले नियामककोे निर्देशन भन्दा बाहिर जान सक्दैनन्,’ उनले भने, ‘जोखिमलाई न्यूनिकरण गर्नका लागि राष्ट्र बैंकले न्यायपूर्ण रुपमा नियमन गर्नुपर्छ । ठूलो बैंक हुँदा साना लगानीकर्ताहरुले कर्जा पाउन नसक्ने अवस्था हुन्छ । साना ऋणीलाई समेट्न बैंकहरुले विशेष किसिमको कार्यक्रम ल्याउनुपर्छ ।’ विगतमा पनि ठूला बैंकहरुले ५/१० लाख कर्जा माग्न विकास बैंकमा जानुस् भन्ने गरेका भन्दै अब ठूला बैंकहरुले विशेष किसिमको कार्यक्रम ल्याएर साना उद्यमी व्यवसायीलाई सहयोग गर्ने नीति ल्याए भने बैंकहरुलाई सबैले सम्मान गर्ने उनले बताए ।

पूर्वगभर्नर क्षेत्रीले विगतमा राष्ट्र बैंकले नेपालको ग्रामिण क्षेत्रमा समेत बैंकिङ पहुँच पुर्‍याउन बैंकको उदारतापूर्वक लाइसेन्स बाँडे पनि वित्तीय पहुँचको विकास हुन नसकेको बताए । राष्ट्र बैंकको लक्ष्य अनुसार बैंकहरु गाउँगाउँमा पुग्ने भन्दा पनि शहरमा नै केन्द्रित भएर एउटै घरमा सहकारी, विकास बैंक,वाणिज्य बैंक राख्ने अवस्था समेत आएको उनले बताए । ग्रामिण क्षेत्रमा बैंकिङ पहुँच नपुग्ने र अन्य मुलुकहरुको तुलनामा बैंकको पूँजी पनि कम भएकाले राष्ट्र बैंकले २ अर्बको बैंकको पुँजीलाई ८ अर्ब बनाएको बताए ।

धेरै बैंकहरु हुँदा अस्वस्थ्य प्रकारको प्रतिष्पर्धा बढेकाले केन्द्रीय बैंकहरुले बैंकहरु मर्जर नीति लिएको उनले बताए । केन्द्रीय बैंकले पूँजी वृद्धि नीतिले स्वस्थ प्रतिष्पर्धाको निम्ति र ठूलो आयोजनाको लागि एउटा बैंकले मात्रै पुँजी लगानी गर्नसक्ने आउनेसक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?