+
+

प्रकाश ज्वालाको विश्वास : प्रधानमन्त्रीको पार्टीले त गुन तिर्ला

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १२:४१

५ माघ, काठमाडौं । एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर लगाएको गुन तिर्ने बेला आएको बताएका छन् ।

सभामुखमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेका समर्थक रहेका ज्वालाले बिहीबार संसदको बैठकमा अन्य दलहरुसँग मत मागेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाएको जस्तै मत सभामुखमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेले पाउनुपर्ने उनले  बताए । एकीकृत समाजवादी संसदीय दलका प्रमुख सचेतक ज्वालाले भने, ‘कम्तीमा सम्माननीय प्रधानमन्त्रीजीको पार्टीले त गुन तिर्ला भन्ने विश्वास छ ।’

सभामुखमा सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे उम्मेदवार छन् । प्रधानमन्त्रीको दल माओवादी केन्द्रका हितराज पाण्डे घिमिरेका समर्थक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?