+
+

हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा ओलीलाई दुःख लाग्यो : निधि

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १३:००

५ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले आफूहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिएकोमा एमाले खुसी हुनुपर्ने बताएका छन् ।

सभामुखको निर्वाचनका क्रममा भएको छलफलमा भाग लिँदै कांग्रेस पूर्व उपसभापति समेत रहेका निधिले प्रतिनिधिसभा फेरि विघटन हुने हो कि चिन्ता लागेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले बलयगाढामा चढेर अमेरिका पुगिदैन, संघीय प्रणाली बाध्यताले स्वीकार गरेको जस्ता टिप्पणी गरेको स्मरण गर्दै उनले भने, ‘संघीयता, गणतन्त्र त खतरामा पर्ने होइन ?’

त्यस्तो नहोस् भनेर आफूहरुले विश्वासको मत दिएको, तर एमालेलाई चिन्ता लागेको उनले बताए । कांग्रेस सांसद निधिले अघि भने, ‘आफूले प्रस्ताव गरेको प्रधानमन्त्रीलाई विपक्षीले मत दिँदा त खुसी व्यक्त गर्नु पर्ने हो, उहाँलाई दुःख लागेको छ । के भएको यो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?