+
+

सगरमाथा जलविद्युतको आईपीओ खुला, क-कसले दिन पाउँछन् आवेदन ?  

रासस रासस
२०७९ माघ ५ गते १४:१२

५ माघ, काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले बिहीबारदेखि आयोजनाबाट पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी एक अर्ब १२ करोड रूपैयाँको १० प्रतिशत अर्थात् ११ करोड २० लाख रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ दरका ११ लाख २० हजार कित्ता साधारण सेयर आयोजनाबाट पीडित क्षेत्र इलामवासीका लागि निष्कासन गरेको हो ।

त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १० प्रतिशतले हुने चार लाख ३६ हजार आठ सय कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि पनि निष्कासन गर्न लागेको कम्पनीको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

स्थानीय लगानीकर्ताले सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । सम्बद्ध क्षेत्रका बासिन्दाका लागि निष्कासन बन्द छिटोमा १९ मासम्म हुनेछ भने ढिलोमा आगामी ५ फागुनसम्म हुने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने अधिकतम ५० हजार कित्ताका लागि १९ माघ भित्र आवेदन दिनुपर्नेछ ।

स्थानीय बासिन्दाले आयोजनास्थलमा रहेको कम्पनीको कार्यालय, प्रभु बैंक, सेञ्चुरी बैंक, र प्राइम कमर्सियल बैंकले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर बीबीबी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीले इलामको इलाम नगरपालिका–२ स्थित माई खोलामा नौ दशमलव छ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?