+
+

मतदानअघि संसदको दृश्य : देवराजको पक्षमा प्रष्ट बहुमत

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १४:३९

५ माघ, काठमाडौं । प्रतिनिधिसभाले नयाँ सभामुख चुन्दैछ । सभामुखका लागि नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसकी ईश्वर न्यौपाने उम्मेदवार छन् ।

बिहीबार बसेको बैठकमा दुबैको उम्मेदवारी पेश भएको छ । लगतै लामो छलफल सकिएको छ ।

छलफलका क्रममा सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई सरकारमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टी बाहेक जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति र तीन स्वतन्त्र सांसदले मत दिने बताएका छन् ।

एमालेका ७९, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जनमतका ६ सांंसद छन् । यस्तै जसपाका १२, नागरिक उन्मुक्तिका ४ र तीन सांसद जोड्दा घिमिरेको पक्षमा १७० मत देखिन्छ ।

कांग्रेस उम्मेदवार न्यौपानेलाई एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले मात्र समर्थन गरेको छ ।

कांग्रेसका ८८ (एक निलम्बन), एकीकृत समाजवादीका १०, लोसपाका ४ र राष्ट्रिय जनामोर्चाका एक सांसद छन् ।

एक सांसद भएको नेमकिपाले भने कसलाई मत दिने भनेर खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?