+
+

सिक्किममा प्रमोद खरेलको लाइभ कन्सर्ट, चर्चित गीतमार्फत नचाए दर्शक

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १७:४५

काठमाडौं । गायक प्रमोद खरेलले सिक्किममा भव्य कन्सर्ट गरेका छन् । उनको गायकी सुन्न स्थानीय जोरथाङ मैदानमा २० हजारभन्दा बढी दर्शक उपस्थित थिए । १० सदस्यीय ब्याण्डसहित स्टेजमा उत्रिएका उनले आफ्नो हिट ट्रयाक ‘म बाँचेकै तिमीसँग माया लाउन हो’बाट प्रस्तुति सुरु गरेका थिए ।

त्यसपछि उनले ‘मेरो दिल छ पोखरामा’ गाउँदा दर्शकको हुटिङ झनै चर्कियो । त्यसपछि हंगामा भो, ओई झुम्मा, यो कुरा गोप्यजस्ता चर्चित गीत गाउँदा दर्शकले आफूलाई थाम्न सकेनन् र नाच्न थाले । दर्शक झुम्दा भीडलाई नियन्त्रण गर्न स्थानीय प्रहरी तैनाथ गर्नुपरेको थियो ।

आयोजक समितिका प्रकाश सेञ्चुरीले सिक्किममा भएको अहिलेसम्मकै उत्कृष्ट कन्सर्टमध्ये एक भएको बताए । ‘हामीले सोचेभन्दा बबाल भयो,’ उनले भने । प्रमोद खरेललाई टीभी र युट्युबमा देखिरहेका दर्शकले आज आफ्नै ठाउँमा देख्न पाउँदा खुसीको सीमा नरहेको उनले बताए । ‘एकदमै खुसी छु । टीभीमा मात्र हरेको उहाँलाई आज प्रत्यक्ष देख्न र सुन्न पाएँ,’ रम्फुबाट कन्सर्टमा आएकी नीताले बताइन् ।

उक्त सांगीतिक कार्यक्रममा सहभागी हुन जोरथाङभन्दा टाढा-टाढाबाट समेत दर्शक आएका थिए । खरेलले आफ्ना गीतबाहेक अग्रज स्रष्टाको सम्मानमा म्यासअप गीत पनि गाए ।

ब्याण्डसहित गायक प्रमोद खरेल

प्रमोदले भने, ‘ब्याण्ड लिएर हिंड्न सजिलो छैन । तर कन्सर्ट भनेकै लाइभ हो । ट्रयाक होइन । यसको मज्जा छुट्टै छ । खर्चको हिसाबले आयोजकलाई कन्भिन्स गर्न गाह्रो पर्छ तर कार्यक्रमको लेभल नै फरक हुन्छ ।’ उनले आफूले लाइभ कन्सर्टलाई जोड दिएको बताउँदै भने, ‘मेरो जोड लाइभ कन्सर्टमा हो । बरु संख्यामा कटौती गरेर भए पनि श्रोता-दर्शकलाई वास्तविक कन्सर्टको स्वाद दिने मेरो उद्देश्य हो ।’

यसअघि प्रमोदले काठमाडौं, नेपालगञ्ज, झापा र भारतको आसाममा समेत लाइभ कन्सर्ट गरिसकेका छन् । नेपाली नयाँवर्षमा यूएईको दुबईमा कन्सर्टको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?