+
+

सेलेना गोमेज र चेनस्मोकर्स ब्याण्डका गायक ड्रिउ प्रेममा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १८:३३

काठमाडौं । गायिका सेलेना गोमेजको जीवनमा कोही आएजस्तो देखिन्छ । विश्वचर्चित ब्याण्ड चेनस्मोकर्सका गायक ड्रिउ ट्यागगार्टसँग सेलेनाले डेटिङ गरिरहेको हलिउड मिडियाले जनाएका छन् ।

फिल्म हलदेखि बलिङ खेल्ने ठाउँसम्म एकसाथ घुमघाम गरेको बेला देखिएका यी दुईले रिलेसनसिपलाई क्याजुअल र सामान्य राखिरहेको जनाइएको छ ।

गायक ड्रिउले यसअघि एप्पल कम्पनीका सहसंस्थापक स्वर्गीय स्टिभ जब्सकी छोरी इभ जब्ससँग डेट गरिरहेका थिए । यसअघि जस्टिन बिबर र विकेन्डसँग पनि रिलेसनसिपमा बसिसकेकी सेलेनाको नाम हालै आफ्ना निकट साथी निकोला पेल्ट्जका दाइ ब्राड्ली पेल्ट्जसँग जोडिएको थियो ।

यूएस विक्ली म्यागजिनले सेलेना र ड्रिउले सम्बन्धलाई निकै क्याजुअल र लो–की राखिरहेको लेखेको छ । स्रोतले म्यागजिनसँग भन्यो, ‘उनीहरुले क्लब जानेदेखि सार्वजनिक ठाउँमा घुम्नेसम्मका कुरालाई प्रस्तुत गर्दै रिलेसनसिपलाई लुकाउन चाहेका छैनन् ।’

सेलेना र ड्रिउले अहिलेसम्म आफ्नो सम्बन्धको बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । उनीहरू ह्याङ्ग आउट गरिरहेका छन् र नयाँ जोडीको कुनै तस्वीर अझै बाहिर आएको छैन । हलिउड गसिप एकाउन्ट ड्युक्समोईले एक फ्यानको इन्स्टाग्राम पेजमा स्टोरी राखिएको र त्यसमा सेलेना र ड्रिउले गत शनिबार न्युयोर्क सहरको लोअर इस्ट साइड बलिङ गल्लीमा घुमिरहेको देखिएको थियो ।

गत हप्ता सेलेनाले लस एन्जलसमा क्यालिफोर्नियामा ८० औं गोल्डेन ग्लोब्स अवार्डमा आफ्नी नौ वर्षीया बहिनी ग्रेसी इलियट टिफेसँग भाग लिएकी थिइन् । ‘ओन्ली मर्डर इन द बिल्डिङ’ श्रृंखलामा अभिनयको लागि उनी सर्वश्रेष्ठ टेलिभिजन अभिनेत्री म्युजिकल-कमेडी शृंखलाका लागि मनोनित भएकी थिइन् । उनी आफ्ना सहकलाकार स्टिभ मार्टिन र मार्टिन शर्टसँग न्युयोर्कमा शृंखलाको तेस्रो सिजनको सुटिङ गर्दैछिन् ।

नेपालमा समेत सेलेना गोमेजका थुप्रै फ्यान छन् । उनी केही वर्षअघि राष्ट्रसंघीय नियोग युनिसेफको एक कार्यक्रमका लागि नेपाल आएकी थिइन् । चेनस्मकोर्स ब्याण्ड नेपालमा समेत धेरै सुनिने सांगीतिक समूहमध्ये पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?