+
+

अभिनेत्री शुभेच्छा खड्काले गरिन् प्रेमीसँग इन्गेजमेन्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १२:३२

काठमाडौं । अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरटेसनल शुभेच्छा खड्काले प्रेमी आश्वासन जोशीसँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबार काठमाडौंको एक होटलमा आयोजित समारोहमा यी दुईले टीकाटालो गरेका हुन् । गत महिना आश्वासनले चितवनको एक जमघटमा शुभेच्छालाई विवाह प्रस्ताव राख्दै रिङ लगाइदिएका थिए ।

टीकाटालो समारोहमा दुवै पक्षका परिवार र आफन्तसहित केही सेलिब्रिटी उपस्थित थिए । पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ, पूर्वमिस नेपाल अश्मी श्रेष्ठ पनि सहभागी थिए । शुभेच्छा र आश्वासन दुई वर्षयता प्रेम सम्बन्धमा थिए । यसैवर्ष विवाह गर्ने उनीहरुको तयारी रहेको जनाइएको छ ।

‘रणवीर’ फिल्मबाट अभिनयमा डेब्यु गरेकी शुभेच्छा टेलिभिजन पर्सनालिटी समेत हुन् । उनको आगामी फिल्म ‘प्रेमा’ चैत ४ गते प्रदर्शन हुने तयारीमा छ । शुभेच्छा र आश्वासनलाई फेसन, चलचित्र, संगीतका सेलिब्रिटीले बधाई तथा शुभकामना दिइरहेका छन् ।

तस्वीरहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?