+
+
Shares

हुम्लामा भारी हिमपात ( तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १२:४५
तस्वीर सौजन्यः कुन्साङ

६ माघ, पोखरा । कर्णालीका हिमाली जिल्लाहरूमा शुक्रबार बिहानबाट भारी हिमपात सुरु भएको छ । हिमपात हुँदा केही समय जनजीवन प्रभावित बने पनि किसान हर्षित बनेका छन् ।

हिमाली जिल्ला हुम्ला सदरमुकाम सिमकोटसहित अन्य पालिकामा हिमपात हुँदा स्थानीय बाहिर निस्किन सकेका छैनन् । हुम्लाको नाम्खा गाउँपालिकामा एक फिटभन्दा बढी हिउँ परेको छ ।

‘अब हिउँदे बाली राम्रो हुने भयो । जमिनमा हिउँ रह्यो वा पर्‍यो भने माटो मलिलो बनाउँछ, जमिन सुख्खा हुन पाउँदैन,’ स्थानीय कुन्साङ छोर्तेन लामाले भनिन्, ‘अहिले परेको हिउँले चैत, बैशाखमा खेतीपाती गर्न सजिलो हुने भयो ।’

अघिल्ला वर्षहरुभन्दा यो वर्ष केही ढिलो गरी हिमपात भएको कुन्साङले जानकारी दिइन् । उनले अघिल्ला वर्षमा मंसिर अन्तिम र पुसमै पर्ने हिउँ यसपालि माघमा पहिलोचोटि परेको हो ।

‘हिउँदमा अत्याधिक जाडो हुने भएकाले बाहिर निस्किन सम्भवै हुँदैन । त्यसैले पहिलेदेखि नै हिउँदको तयारी गरेका हुन्छौं । घाँस, दाउरा र मान्छेको खानेकुरा पनि पहिले नै तयारी अवस्थामा राखेका हुन्छौं,’ उनले भनिन्, ‘धेरै दिन हिउँ पर्‍यो भनेमात्रै समस्या हुने हो । भण्डारण गरेको आहारा सकियो भने गाह्रो पर्छ ।’

तस्वीर सौजन्यः कुन्साङ

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?