
६ माघ, काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ७ सय र चाँदीको मूल्य २० रुपैयाँले बढेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला मूल्य १ लाख ५ हजार २ सय, तेजावी सुनको मूल्य १ लाख ४ हजार ७ सय र चाँदीको मूल्य १ हजार ३७५ रूपैयाँ तोकिएको छ ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ४ हजार ५ सय, तेजावी सुनको मूल्य १ लाख ४ हजार र चाँदीको मूल्य एक हजार ३५५ रुपैयाँ तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4