+
+

रास्वपाकी इन्दिराले गराइन् उपसभामुखमा उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १३:१७
इन्दिरा राना मगरको मनोननपत्र बुझाउँदै रास्वपाकी सांसद सोविता गौतम । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

६ माघ, काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

बिहान बसेको रास्वपा संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

जसअनुसार उनले सत्ता गठबन्धन दलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनलाई उपसभामुखमा रास्वपाका सोविता गौतमले प्रस्ताव गरेकी हुन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा  र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?