+
+

सभामुख सत्तापक्षको भएपछि उपसभामुख प्रतिपक्षको हुनुपर्छ : बद्री पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ७ गते १४:२०

७ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता बद्री पाण्डेले सभामुख र उपसभामुख सत्तापक्षबाटै हुन नहुने बताएका छन् ।

प्रतिनिधिसभामा शनिबार उपसभामुखमा कांग्रेस नेतृ मुक्ताकुमारी यादवलाई प्रस्ताव गर्दै उनले सभामुख सत्तापक्षबाट भएपछि उपसभामुख प्रतिपक्षबाट हुनुपर्ने बताएका हुन् ।

‘सत्तापक्षले प्रस्ताव गरेको व्यक्ति सभामुख भएपछि उपसभामुख प्रतिपक्षले प्रस्ताव गरेको व्यक्ति हुनुपर्छ, यसरी मात्र सदनलाई एकतावद्ध बनाएर लैजान सजिलो हुन्छ’ उनले भने ।

संविधानमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्छ भन्नुको मतलब फरक पक्षको भनिएको सांसद पाण्डेले बताए ।

सांसद यादव उपसभामुखको लागि योग्य उम्मेदवार भएको पनि उनले बताए । संघीय संसदको दुबै सदनमा काम गरेको, संसदीय समितिहरुमा पनि मिहिनेतपूपर्वक काम गरेको, नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा धेरै मत ल्याएर जितेको, लामो समय शिक्षण पेशामा रहेको र ११ वर्ष प्रधानाध्यापक भएर काम गरेकाले यादव उपसभामुखका लागि योग्य भएको सांसद यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?