+
+

कोरस डान्सरबारेको विवादमा ‘प्रसाद २’को प्रष्टीकरण : यथोचित सहयोग गरिरहेका छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ८ गते १६:५४

काठमाडौं । फिल्म ‘प्रसाद २’ छायांकनको क्रममा एक जना कोरस डान्सर बेहोस भएर लडेको भन्दै गत साता सामाजिक अभियन्ता गिभिना मगरले टिकटकमा भिडियो पोस्ट गरिन् । ती नृत्यांगनाको स्थिति नाजुक हुँदा पनि फिल्मका निर्माताले मद्दत नगरेको भन्दै उनले गुनासोसहित भिडियो सार्वजनिक गरेकी थिइन् ।

सपना महर्जन नामकी ती डान्सरलाई समयमै अस्पताल नलग्दा उनको खुट्टा र एउटा हात नचल्ने भएको कुरा गिभिनाको भिडियोमा छ । उनलाई त्यसपछि गण्डकी अस्पतालमा भर्ना गरिएको थियो । गिभिनाको यो भिडियोमा फिल्म बहिष्कार गर्नुपर्नेदेखि कलाकारमा न्यूनतम मानवीय संवेदना नभएको भन्दै टिप्पणीहरु प्राप्त भएका छन् ।

विवाद चर्कंदै जाँदा निर्माता सुवास थापा र निर्देशक सुदर्शन थापाले आइतबार पोखरा नै पुगेर पत्रकार सम्मेलनमार्फत प्रष्टीकरण दिनुपर्‍यो । डान्सर महर्जनलाई उपचारमा बेवास्ता गरिएको भन्ने आरोपको खण्डन गर्दै उनीहरुले यथोचित सहयोग गरेको समेत बताए ।

यसबारे भ्रम नछर्न आग्रह गर्दै उनीहरुले डान्सर महर्जनको स्वास्थ्य लाभको कामना गरिदिन आग्रह समेत गरे । फिल्मले आइतबार पोखरामा घटनाका प्रत्यक्षदर्शी, निर्माता, कलाकार र निर्देशकको उपस्थितिमा प्रेसमिट गरेको हो । उपचारमा संलग्न चिकित्सकसँगको सरसल्लाहमा भविष्यमा आइपर्ने सरसहयोगमा तत्पर रहेको पनि फिल्मले जनाएको छ ।

सपनाकी रूममेट साथीले छायांकन सकिएपछि सपना होमस्टेमा राति रमाइलो गर्ने क्रममा लडेको, त्यो भन्दा अघि पाँच कप कफी आफैंले बनाएर खाएको र बिरामीको मामाले सपनाको टाउकोमा पुरानो दाग देखिएको बताएकाले घटनामा कसैले कसैलाई नमुछ्न आग्रह गरेकी थिइन् । निर्देशक थापाले डान्सर महर्जन स्वस्थ होस् भन्नेमा आफूहरु रहेको र करिअर तथा इज्जतमा मानमर्दन नगर्न पनि सचेत गराएका छन् ।

विपिन कार्की र केकी अधिकारीको प्रमुख भूमिका रहेको यो फिल्मको छायांकन हालै कास्कीको ल्वाङ गाउँमा भएको थियो ।

@givina18

Sapana bahini lai gareko bewasta , icu ma varna 🥲 manabta harayeko manxeharuko vid , sahayog jutaudai 🙏🏼

♬ original sound – Givina18

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?